८ कार्तिक २०८१, बिहिवार

मर्निङवाकमा हिँडेका कर्मचारीको हात्ती आक्रमणमा मृत्यु

४ पुष २०८०, बुधवार
Image

हल्दिबारी, ४ पुस । मर्निङ वाकमा हिँड्नु भएको हल्दिबारी वडा नं. २ का वडा कर्मचारी पताल राजबंशीको हात्ती आक्रमणमा मृत्यु भएको छ । 

५८ वर्षीय राजबंशीको शब भने दिउँसो १२ बजेपछि मात्र भेटिएको छ । घरमा उहाँ नफर्किएपछि खोजतलास गर्दा पाराखोपी चोक नजिकै झाडीभित्र उहाँको शब भेटिएको हो । उहाँ वडाकार्यालयको कार्यालय सहायोगी हुनुहुन्थ्यो ।

 घटना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली  र डिभिजन वन कार्यालयको टोली घटनास्थलमा पुगेको छ । शबको मुचुल्का गरेर पोस्टमार्टम जाँचका लागि लैजाने तयारी भइरहेको वडाध्यक्ष शुकलाल राजवंशीले उहाँले बताउनुभयो ।

एक महिनाको अवधिमा झापामा हात्ती आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।