४ जेठ २०८१, शुक्रवार

मेचीनगरमा इन्डक्सन चुलो धमाधम बाँडिदै

१२ पुष २०८०, बिहिवार
Image

मेचीनगर, १२ पुस । मेचीनगरमा विपन्न र सीमान्तकृत परिवारका लागि सहुलियतमा इन्डक्सन चुलो वितरण थालिएको छ ।

इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपीसी) रौतहटको अनुदानमा मेचीनगरको वडा नं. ८ र ९ मा चुलो वितरण गरिएको हो ।

मेचीनगर–८ मा स्थानीय दुर्गेश्वरी कृषि सहकारी संस्था र वडा नं. ९ मा सञ्जीवनी महिला विकास संस्थाको अगुवाईमा चुलो वितरण गरिएको इपीसी नेपालका रामप्रवेश साहले बताउनुभयो ।

आज वडा नं. ८ का लागि चुलो वितरण कार्यक्रममा संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला प्रमुख अतिथि हुनुहुन्थ्यो ।

दुबै वडाका ४०० परिवारलाई इन्डक्सन चुलो बाँडिने बताइएको छ ।

चुलोको बजार मूल्य रु. १३ हजार ५ सय रहेको छ । तर संस्थाले कुकर, कराई र प्लक समेत रु. दुई हजार ५०० मा वितरण गरिरहेको छ ।