४ जेठ २०८१, शुक्रवार

मध्यरातमा हात्तीको आक्रमण, एकको मृत्यु

१३ पुष २०८०, शुक्रवार
Image

झापा,  १३ पुस ।  हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार  हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको  घटनास्थलमा नै मृत्यु भएका थियो । 

हात्तीको तोडफोडबाट रु. एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।