४ जेठ २०८१, शुक्रवार

ईपीएस परीक्षार्थीले मन्त्रीको गाडीमा लगाए आगो

१३ पुष २०८०, शुक्रवार
Image

झापा, १३ पुस ।  बालकुमारी क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आज आगजनी भएको भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर प्रदर्शन भइरहेको थियो ।  त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । 

एकीकृत समाजवादीका उपमहासचिव समेत रहनु भएका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँड्नु भएको थियो । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उहाँसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरुले गाडीबाट बाहिर निस्किनु भएको थियो । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भन्नुभयो ।