२० वैशाख २०८१, बिहिवार

खयरडाँगीका दुई घरमा चोर पस्यो

१५ पुष २०८०, आइतवार
Image

धुलाबारी, १५ पुस । मेचीनगर–१० खयरडाँगीको दुई घरमा शनिवार राति चोरी भएको छ ।

स्थानीय कमल मिश्र र रञ्जिता मेचेको घरभित्र पसेर चोरले काँश (धातु)का झर्के थाल चोरी गरेको हो ।

मिश्रको दुई वटा र मेचेको ११ वटा थाल चोरी भएको छ । 

चोरले भान्सा कोठाको ताला फोडेर भित्रको थाल लगेको कमल मिश्रले बताउनुभयो । त्यसैगरी मेचेको टिभी कोठाभित्रै पसेर थाल चोरले थाल लगेको थियो ।

पीडितहरुले चोरी कार्यमा संलग्नलाई पत्ता लगाउन धुलाबारी इप्रकालाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

लागू पदार्थका दूव्र्यसनीहरुले धुलो (गाजा र चरेस) खान चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।