२० वैशाख २०८१, बिहिवार

भानु सहकारीले दियो विद्यार्थीलाई न्यायो कपडा

१९ पुष २०८०, बिहिवार
Image

धुलाबारी, १९ । भानु बहुमुखी सहकारी संस्थाले मेचीनगर–१५ मा रहेको डिगेन प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । 

संस्थाले विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीलाई विद्यालयमा पुगेर विहीबार न्यानो स्वीटर वितरण गरेको हो । सो कार्यक्रममा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

अति विपन्न र आदिवासी बाहुल्य समुदायका विद्यार्थी अध्ययरत सो विद्यालयमा सहकारीले न्यायो कपडा वितरण गरेकोमा विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बानियाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 


उहाँले भानु सहकारीले प्रदान गरेको न्यायो कपडाले विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुगेको बताउनुभयो । जोडो समयमा न्यायो कपडाको अभावमा  विद्यालय आउन नसकेका विद्यार्थीका लागि यसले राहत मिलेको उहाँको भनाई थियो । स्वीटर पाएपछि दंग परेका विद्यार्थीहरुले खुशी हुँदै आफूहरु नियमित विद्यालय आउने बताएका थिए ।

संस्थाका अध्यक्ष गोपाल चुँडालले विगत पाँच बर्षदेखि सहकारीले नगरका विभिन्न सामुदायिक विद्यालयलाई लक्षित गरेर न्यायो कपडा र स्वास्थ्य शिविर कार्यक्रम आयोजना गदैै आएको जानकारी दिनुभयो । 

यस अघि सहकारीले सो विद्यालयको वातावरणलाई सफा र सुन्दर बनाउनका लागि फूलका विरुवा समेत वितरण गरेको उहाँको भनाई छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कुलप्रसाद कट्टेलको अध्यक्षता सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष शंकर श्रेष्ठ, सदस्य खड्ग नारायण राजवंशी, पत्रकार अम्बिका भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।