२० वैशाख २०८१, बिहिवार

नेशनल लघुवित्तले दियो भूकम्प पीडितलाई रु. ५० लाखको सहयोग

२० पुष २०८०, शुक्रवार
Image

झापा, २० पुस । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड वनेपा, काभ्रेपलाञ्चोकले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ वरावरको सहयोग गरेको छ । मानवीय सहायता अन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो । 

२०८० पौष १४ गते वित्तीय संस्थाले सल्यान जिल्लाको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

बागचौर शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप  २१ लाख ५४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । त्यसैगरी २०८० पौष १५ गते रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई ४ लाख सहयोग गरेको छ । 

आठविसकोट शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ३७० जना सेवाग्राहीलाई  ११ लाख ६४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । सोही दिन सदरमुक्कामस्थित मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरु २५० जनालाई ७ लाख ५६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

दुई अलग अलग कार्यक्रमका वीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए । 

उक्त कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, स्थानीय जनप्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,वित्तीय संस्थाका कर्मचारीहरु,सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) र नेशनल लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएका थिए ।

लघुवित्त विपन्न तथा गरिव समुदायमा वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उहाँहरुको भनाई थियो । नेशनल लघुवित्तले विपदमा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको वताए । यसका साथै आगामी दिनमा पनि दुर दराजमा रहेका विपन्न गरिव परिवारमा वित्तीय सेवा पुर्याउन आग्रह समेत गरे ।

सोही अवसरमा नेशनल लघुवित्तका सिइयो राम बहादुर यादवले मानवीय सहायतामा सधै नेशनल लघुवित्त साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिका तथा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेको थिए । दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लाथि लघुवित्त कार्यक्रको माध्यमबाट गरिवी न्यूनिकरणमा टेवा पुर्याउने सिइओ यादवले बताए ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तमा परेको सेवाग्राही सदस्यहरुलाई मानविय सहायता गदै आएको छ । हाल नेशनल लघुवित्त देशका ७२ जिल्लामा २ लाख २० हजार बढि सदस्यहरुविच वित्तीय कारोवार संचालन गरिरहेको छ ।

वित्तीय संस्थाको पूँजी १ अर्व ८ करोड, सदस्यहरुको वचत ५ अर्ब र लगानीमा रहिरहेको कर्जा १८ अर्व बढि रहेकोछ । त्यसकारण पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको साथै वित्तीय साक्षरता, सीपमुलक तालिम,सामाजिक क्रियाकलाप र दैवी प्रकोप उद्दार कार्यक्रम संचालन गदै आएको छ ।