२० वैशाख २०८१, बिहिवार

झापा विद्रोहकाे साविती वयान "२८ साल" लाेकार्पण

१० माघ २०८०, बुधवार
Image

काठमाडौं, १० माघ । झापाका साहित्यकार कुमार भट्टराईकाे "२८ साल" नामक उपन्यास आज यहाँ लाेकार्पण भएको छ ।

झापा विद्रोहका याेद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषाेत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा कृतिको लाेकार्पण गर्नुभयो ।

कृतिको प्रकाशक साङ्ग्रिला बुक्सकाे आयाेजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रका अगुवाहरूकाे उपस्थितिले हल खचाखच थियोे ।

झापामा तत्कालीन युवा कम्युनिस्ट कार्यकर्ताले २०२८ देखि २०३२ सम्म सञ्चालन गरेको हिंसात्मक आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा "झापा विद्रोह" काे नामले पुकारिन्छ ।

उक्त सशस्त्र विद्रोहमा आन्दाेलनकारीतर्फ ७ र विद्राेहीबाट ९ जनाको हत्या भएको थियो । घटनापछि सयाैं विद्रोही जेलनेल परेका थिए भने कम्युनिस्ट आन्दोलनमा ठूलो हलचल मच्चिएको थियो ।

यस पुस्तकमा झापा विद्रोहका जीवित पात्र र विद्राेहीबाट हत्या गरिएका ३७ पात्रहरूकाे कथानक बयान छ । 

उपन्यासकाे संरचनामा लेखिएको कृतिमा कथा भन्ने पात्रहरूमा केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, हर्क खड्का, राजेन राजबंशी, ठूलो दुर्गा अधिकारी, सानो दुर्गा अधिकारी लगायतका तत्कालीन विद्रोहका अगुवाहरू समेत छन् । 

कार्यक्रममा बाेल्दै वरिष्ठ पत्रकार पुरूषाेत्तम दाहालले झापा विद्रोहकाे बारेमा पुस्तकले प्रष्ट बताएकाे बताउनुभयो ।