५ असोज २०८१, शनिवार

दिपीनलाई ‘फोनिज युके’ पत्रकारिता पुरस्कार

१८ माघ २०८०, बिहिवार
Image

मेचीनगर, १८ माघ । झापाका अग्रज पत्रकार दिपीन राईलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज युके)ले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारको नगद राशी रु. २५ हजार रहेको छ । उहाँसँगै उक्त पुरस्कारबाट चितवनकी संगीता चेपाङ पनि पुरस्कृत हुनुहुने भएको छ ।

पुरस्कृत हुनलाग्नु भएको पत्रकार राई यलम्बर टाइम्स साप्ताहिक र अनलाइन पत्रिकाको सम्पादक हुनुहुन्छ ।

उहाँले बिगत तीन दशकदेखि झापामा सक्रिय ग्रामीण पत्रकारिताको नेतृत्व गरिरहनु भएको छ । पत्रकार चेपाङ चितवनबाट प्रशारित इच्छा कामना एफएममा कार्यरत हुनुहुन्छ ।