१५ वैशाख २०८१, शनिवार

क्यान्सर फाउन्डेसनले अन्तरक्रिया कार्यक्रम गर्ने

२० माघ २०८०, शनिवार
Image

विर्तामोड, २० माघ । विश्व क्यान्सर दिवसका अवसरमा नेपाल क्यान्सर फाउन्डेसनले आइतवार यहाँ विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा अन्तरक्रियामूलक कार्यक्रम गर्ने भएको छ ।

फाउन्डेसनका अध्यक्ष एवम् क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले उक्त कार्यक्रम सिद्धार्थ होटलमा दिउँसो ३ बजे हुने जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा भयावह रुपमा फैलिरहेको क्यान्सर रोगसँग जुध्न समुदायका सबैको उत्तिकै दायित्व र जिम्मेवारी भएको हुँदा सचेतनामूलक कार्यक्रममा सहभागी भइदिनु हुन झापाका सामाजिक अगुवा र सञ्चारकर्मीहरुमा अनुरोध गर्नुभएको छ ।