२५ वैशाख २०८१, मङ्गलवार

पत्रकार कोषलाई ढुंगाना दम्पत्तिले दिए तीन लाख ५१ हजार

२३ माघ २०८०, मङ्गलवार
Image

बिर्तामोड, २३ माघ । शिक्षासेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गर्नुभइको छ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गर्नुभष्यो ।

कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी हो । 

बिर्तामोड(५ निवासी ढुंगाना कनकाई एजुकेशन फाउन्डेसन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुन् । ढुंगानाले शैक्षिक, सामाजिक, मानवीय र धार्मिक क्षेत्रमा विगतदेखि नै योगदान गर्दै आएका छन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ  । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।