२५ वैशाख २०८१, मङ्गलवार

ज्यामिरगढी माविले गर्यो पूर्व शिक्षक–शिक्षिका, जग्गादातालाई सम्मान

२७ माघ २०८०, शनिवार
Image

मेचीनगर, २७ माघ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले चित्राको बेरा र टिनको छानो लगाएको विद्यालयका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने तर, राम्रा भनिएका विद्यालयको हालत सधै खराव रहेको बताउनुभएको छ ।

शुक्रबार ज्यामिरगढी माविको ६१ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयमा शिक्षाको स्तर धरासायी बन्दै गएको बताउनुभयो । 

 बुढाथोकीले भन्नुभयो–‘संघीयले शिक्षा ऐन आएको छैन । राज्यले स्थानीय तहलाई श्रोत, साधान दिएन । नगरका ४२ वटा सामूदायिक विद्यालय कम्युटर ल्याव चलाउने टिचर नभएर त्यतिकै बिग्रिसकेको छ ।’

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । पूर्व शिक्षक–शिक्षिका, जग्गादाता, चन्दादाता लगायतलाई सम्मान गरेको छ ।

यसैबीच विद्यालयका पूर्व विद्यार्थी पुर्व विद्यार्थी रामबहादुर दाहाल जयरामलाई सम्मान गरेको छ । विद्यालयले सगरमाथाको ८ हजार ८ सय ४८ मिटर मध्ये आठ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गर्ने दाहाललाई सम्मान गरेको हो । जयरामको सम्मान पत्र उनकी दिदी रिता दाहालले ग्रहण गरेकी थिइन् ।

सोही अवसरमा यहि माघ २५ र २६ गते आन्तरिक खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न जातिय गीतमा नित्यहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक सन्तप्रसाद चौलागाईले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले यहि २०८० सालदेखि २०८४ सालसम्म विद्यालय सुधार कार्यक्रम लागु गरिने बताउनुभयो ।

ज्यामिरगढी माविको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु वस्नेत अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक तेजनारायण राजबंशीले र सञ्चालन शिक्षिका सीता कार्कीले गर्नुभएको थियो ।