१६ वैशाख २०८१, आइतवार

बुधवारेमा आमाले आत्मदाह गर्दा छोरीको मृत्यु

५ फागुन २०८०, शनिवार
Image

बुधवारे, ५ फागुन । बुद्धशान्ति–२ गोपालडाँडामा आमाले आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु भएको छ । आमा गम्भीर घाइते भएकी छन् ।

घटना शुक्रवार राति साढे ८ बजेको हो । २८ वर्षीया माया रम्तेलले ५ वर्षकी छोरी वर्षालाई शरीरमा सलले बाँधेर पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।

घटनामा आमा र छोरीको शरीरकको अधिकाँंश भाग जलेको छ । आज विहान छोरी वर्षाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता ढुण्डीराज गिरीले बताउनुभयो ।

घाइते दुबैलाई बीएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आमाको अवस्था चिन्ताजनक छ ।

आत्मदाह अघि आमाले सुसाइट नोट लेखेर घटनास्थल नजिकै छाडेकी थिइन् । प्रहरीले फेला पारेको सुसाइट नोटमा उनका पति राजन बिक परस्त्रीसँग लागेको उल्लेख छ ।

मजदुरी काम गर्ने राजन बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटना भएका बेला घरमा रमतेलकी ८१ वर्षीया सासुआमा सुन्तलीमाया खाती थिइन् ।