२२ वैशाख २०८१, शनिवार

घिमिरे परिवारमा पितृशोक

१० फागुन २०८०, बिहिवार
Image

धुलाबारी, १० फागुन । शिक्षासेवी भाष्कर घिमिरे, कपिलदेव घिमिरे र गणेश घिमिरेलाई पितृशोक परेको छ ।

उहाँहरुका पिता पुष्पलाल घिमिरेको ९४ वर्षको उमेरमा बुधवार अपराह्न ४ बजेतिर निजी निवास मेचीनगर–१० खयरडाँगीमा निधन भयो ।

स्व. पुष्पलालका तीन छोरा, पाँच छोरी र १७ नाति नातिना छन् । कपिलदेव, भाष्कर र गणेश छोरा हुन् भने लीलादेवी, शारदा, तारादेवी, गीतादेवी र ललिता छोरीहरु हुन् । 

माइली बुहारी शारदा शर्मा र नाति अशेष घिमिरे नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को केन्द्रीय सदस्य हुनुहुन्छ ।

विहीवार विहान ११ बजे धुलाबारीस्थित रामघाटमा स्व. पुष्पलालको दाहसंस्कार गरिएको छ । शवयात्रामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) झापाका अध्यक्ष बेदराज रेग्मी लगायत अन्य राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।