२२ वैशाख २०८१, शनिवार

पदयात्रा गर्दै सुखानी पुगे मुख्यमन्त्री

१० फागुन २०८०, बिहिवार
Image

अर्जुनधारा, १० फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदयात्राको क्रममा बिहीबार सुखानी सहादतस्थल पुग्नु भएको छ । 

हात्ती प्रभावित क्षेत्रको पदयात्रामा बुधवार बाहनडाँगीबाट हिँड्नु भएको उहाँ आज इलामको माई नगरपालिका र चुलाचुली गाउँपालिकाको स्थलगत भ्रमणमा जाँदै हुनुहुन्छ । 

इलाम जाने क्रममा मुख्यमन्त्री कार्कीले आज बिहान झापा विद्रोहका पाँच सहिदको शालिक रहेको स्थानमा पुगी सहिदप्रति माल्यार्पण गर्नु भएको छ । 

इलामको माई र चुलाचुली हुँदै उहाँ आजै झापाको दोमुखा र रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्र भएर सताक्षीधाम पुग्ने कार्यक्रम रहेको छ ।