२५ वैशाख २०८१, मङ्गलवार

कुन्यूमा खेलिरहेका बालकको आगलागीमा मृत्यु

१२ फागुन २०८०, शनिवार
Image

झापा, १३ फागुन । झापा गाउँपालिका वडा नं ४ को भामटोलीमा शुक्रवार दिउँसो आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

दिउँसो ४ः३० बजेको समयमा स्थानीय ईनाम हुसेन शेखको घर र नजिकै रहेको परालको कुन्यूमा आगलागी भएको थियो । 

आगलागी हुँदा परालको कुन्यूको चेपमा खेलिरहेको  ४ बर्षीय अतिप हुसेनको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

शेखको एकतले टिनको छानो भएको कच्ची घर समेत जलेर नष्ट भएको छ । परालको कुन्यूको चेपमा बालक खेलिरहेको कसैले थाहा पाएका थिएनन् ।  

आगलागी पछि मात्र बालकको मृत्यु भएको थाहा भएको बताइएको छ ।

प्रहरी, स्थानीयबासी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।