२७ वैशाख २०८१, बिहिवार

नेजाको साधारणसभा बोस्टनमा हुने

१७ फागुन २०८०, बिहिवार
Image

टेक्सास, १७ फागुन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १७ औं साधारणसभा अमेरिकाको बोस्टनमा हुने  भएको छ । 

आँउदो मे २५ देखि २६ सम्म हुने उक्त साधारण सभामा उत्तर अमेरिकामा रहेर पत्रकारिता गर्ने पत्रकार र केहि पर्यवेक्षक सहभागी हुने नेजाका महासचिब बाबुराम दाहालले बताएका छन् ।

साधारणसभाका लागि नेजाको २४ फेब्रुवरीमा टेक्सासमा सम्पन्न बैठकले उत्तर अमेरिका क्षेत्रिय संयोजक सुपेन्द्र बस्नेतलाई संयोजक तोकेको छ । बैठकले नेपाल र उत्तर अमेरिकामा पत्रकारिता गर्नेहरुका लागि लेखनबृत्ति प्रदान गर्ने समेत निर्णय गरेको छ । 

सन् २००७ मा स्थापित नेजामा अमेरिका र क्यानाडामा रहेका १ सय ७८ नेपाली पत्रकार सदस्य रहेका छन् ।

नेजाले गैह्र आवासीइ नेपाली संघसँग समन्वय गरि २ हजार डलर राशीको नेजा एनआरएनए पत्रकारिता पुरस्कार, संगठनकै तर्फबाट १ हजार १ सय ११ डलर राशीको नेजा सामुदायिक पत्रकारिता पुरस्कार र नेपालमा रहेर पत्रकारिता गर्नेहरुका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ राशीको नेजा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । 

-गोपाल गड्तौला