१२ साउन २०८१, शनिवार

मेचीनगरका विद्यार्थीले बनाए स्मार्ट सिटी (हेर्नुहोस् फोटोहरु)

१७ फागुन २०८०, बिहिवार
Image

धुलावारी, १७ फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूट धुलावारीमा इन्जिनियरिङ नमुनाहरुको प्रदर्शनी सुरु भएको छ।
मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले पानसमा बत्ती बालेर प्रदर्शनीको उद्घाटन गर्नुभयो।

यो इन्स्टिच्यूट मेचीनगरको एकमात्र प्राविधिक कलेज हो । मेचीनगरमा पहिलोपटक आयोजित प्रदर्शनीमा कलेजका विद्यार्थीले बनाएका इन्जिनियरिङ नमुना प्रदर्शनीमा राखिएको छ।

इन्स्टिच्यूटका प्रिन्सिपल ई रुद्र मैनालीले स्वागत मन्तव्य व्यक्त गर्दै मेचीनगरलाई इन्जिनियरिङ शिक्षाको हव बनाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख मीना उप्रेती, पूर्व नगरप्रमुख बिमल आचार्य, धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेल, क्याम्पसका अध्यक्ष भीम खवास लगायतको उपस्थिति थियो।

यहाँ क्लिक गरेर भिडियो हेर्नुहोस्