१२ साउन २०८१, शनिवार

ताप्लेजुङको पाथीभरामा टीकाको ऐतिहासिक ‘मूर्च्छना’ गीत संग्रह लोकार्पण

१८ फागुन २०८०, शुक्रवार
Image

धुलाबारी, १९ फागुन । ताप्जेलुङ्ग स्थित पाथिभरा मन्दिरमा गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति ‘मूर्च्छना’ गीत सङग्रहको विमोचन गरिएको छ।

कनकाई नगरपालिका वार्ड नं ३ ,सुरुङ्गा निवासी नेपालले ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमा उक्त कृतिको लोकार्पण गरिएको हो। कार्यक्रम नारायण गोपाल स्मृति प्रतिष्ठान विर्तामोडको आयोजना रहेको थियोे ।


कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी साहित्यकार टंक भट्टराईले ताप्लेजुङको मन्दिर परिसरमा यस अघि कुनै सष्टाको कृति यसरी विमोचन गरिएको थिएन। पवित्र धार्मिक स्थलमा कृति विमोचन गर्ने भट्टराई कृतिकार हो ।

प्रमुख अतिथि भट्टराई र कार्यक्रमका विशेष अतिथि प्राज्ञ मुनाराज शेर्माले कृतिको लोकार्पण संयुक्त रुपमा गर्नुभएको थियो । 

कार्यक्रममा मूर्च्छना कृतिको समीक्षा गजलकार तथा गीतकार दिलिप घिमिरेले गर्नुभएको थियो । मूर्च्छना गीत संग्रहमा १ सय २० वटा गीतहरू संग्रहित छन्।संग्रहमा देशभक्ति गीत,युगल गीत,लोक गीत र आधुनिक विधाका गीतहरू पुस्तकमा समेटिएको छ।सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम,माटोको सुगन्ध ,नेपाली संस्कृतिप्रतिको मोह,परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता,जीवनयापनका यावत आरोह अवरोध,माया प्रेम,पीडा आदि विषयमा गीतहरू सृजना गरिएका छन्।

कार्यक्रममा रश्मि असफल,गीता सुवेदी नेपाल र प्रतिभा पौडेलले विमोचित कृतिबाट गीत प्रस्तुत गर्नुभएको थियो । 

नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव रुद्रप्रसादप्रसाद सिटौला गर्नुभएको थियो । कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गवाङ्ग,कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका कमल भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थियो । 

कार्यक्रममा स्रष्टा परिचय खगिन्दा खुसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य लोक गायक देवी गौतमले गर्नुभएको थियो । 

गीतकार टीका भट्टराईलाई गतसाल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रुपमा सम्मान तथा पुरस्कृत गरेको थियो। उहाँको पहिलो कृति आमा शोककाव्यबाट साहित्य विधामा कलम चलाउनु भएको हो । 

त्यसपछिका तीनवटा कृतिहरु प्रितीपुष्प, मनका रङ्गहरु,अनुभूतिका स्वरहरु सबै गीत सङ्ग्रहहरु छन् ।

टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी,शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई र झलक सङ्ग्रौलाले स्वर दिइसक्नु भएको छ। उहाँका करिव ३० वटा गीतहरू संगीत भइ बजारमा आइसकेका छन् ।