१२ साउन २०८१, शनिवार

नाका नजिकै सशस्त्र प्रहरीसँग झडप, सात जना घाइते

१९ फागुन २०८०, शनिवार
Image

झापा, १९ फागुन । पूर्वीनाका काँकरभिट्टाबाट एक सय मिटर दक्षिण गैरीगाउँमा सशस्त्र प्रहरीको टोली र स्थानीयबीच शुक्रवार बेलुका भएको झडपमा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा ६ जना स्थानीय र एक जना सशस्त्र प्रहरी भएको बताइएको छ ।

घाइते भएका दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाई, दिपक बाँतर र अनाह यादवलाई उपचारका लागि घटना लगत्तै बीएन्डसी अस्पतालमा पुर्याइएको थियो । घाइते सशस्त्र प्रहरीको नाम खुलाइएको छैन ।

भारतबाट अबैध सामान ल्याउनेहरुलाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बताएका छन् । तर, घाइते भएका स्थानीयले आफुहरुमाथि सशस्त्र प्रहरीको टोलीले खुकुरी प्रहार गरेको बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको केसीले बताएका छन् । घाइते भएकाहरुको पेट, हात, खुट्टा र छातीमा गम्भीर चोट लागेको छ ।

(फोटो साभार : जनसंसद् अनलाइन)