१० फागुन २०८२, आइतवार

'सुखानी सन्देश' म्यागेजिनको विमोचन

२२ फागुन २०८०, मङ्गलवार
Image

विर्तामोड, २१ फागुन । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर 'सुखानी सन्देश' म्यागेजिन आज यहाँ एक समारोहबीच विमोचन भएको छ ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले  म्यागेजिनको विमोचन गर्नु भएको हो।

सहिद प्रतिष्ठान नेपालको झापा समितिले आयोजना गरेको कार्यक्रममा उक्त म्यागेजिन विमोचन गरिएको हो।

उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मोहन काजीले चर्चा गर्दै म्यागेजिनमा झापा विद्रोहका ऐतिहासिक पात्रहरूको अनुभव र अनुभूति समेटिएको बताउनुभयो।

म्यागेजिनका सम्पादक राजु पाठकले समेत कार्यक्रममा मन्तव्य राख्दै सुखानीका शहीदहरूको सपना अधुरै रहेको बताउनुभयो।