१५ वैशाख २०८१, शनिवार

अचानक फेसबुक चल्न छाड्यो

२२ फागुन २०८०, मङ्गलवार
Image

मेचीनगर, २२ फागुन । तपाईको फेसबुक चल्न छाडेको छ भन्ने थाहा पाइसक्नु भयो होला । यो कसैले तपाईको पासवर्ड ह्याक गरेर भएको होइन ।

लोकप्रिय सामाजिक सञ्जाल फेसबुक आज साँझदेखि अचानक चल्न छाडेको छ।

यो समस्या विश्वव्यापी रहेको र किन यस्तो भयो भनेर कसैले भन्न नसकिरहेको सञ्चार माध्यमहरुले जनाएका छन्। 

फेसबुक खोल्दा लगअन नै हुँदैन । फेसबुकको सञ्चालक कम्पनी मेटाले पनि केही जानकारी दिएको छैन।

फेसबुकसँगै मेसेन्जर र इन्स्ट्राग्राममा पनि समस्या आएको छ । वाट्सएपमा भने समस्या आएको छैन।

सुरुमा फेसबुक नचल्दा धेरै प्रयोगकर्ताले ह्याक भएको ठानेका थिए ।