२२ वैशाख २०८१, शनिवार

मेचीनगर लेडी जेसीजले गर्यो चार गुरुआमालाई सम्मान

२३ फागुन २०८०, बुधवार
Image

मेचीनगर, २३ फागुन । मेचीनगर लेडी जेसीजले  मेचीनगरको शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याउने चार जना गुरुआमालाई सम्मान गरेको छ । 

सम्मानित हुनेहरुमा इष्ट होराइजन अग्रेंजी उच्च माध्यमिक विद्यालयकी सञ्चालक सावित्रा सापकोटा, पशुपति बोर्डिङ स्कूल काँकरभिट्टाकी अनिता थापा, होलिबेल अंग्रेजी माध्यामिक विद्यालयकी अमृता प्रधान र एभरेष्टभ्यू अंग्रेजी विद्यालयकी गोमा बुढाथोकी हुनुहुन्छ । 


जेसीजले ११४ औं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर धुलाबारीमा बुधबार आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई कोशी प्रदेश सभाकी सदस्य सविना बजगाईं र मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले सम्मान गर्नुभएको थियो ।

सम्मानित व्यतित्वहरुले विद्यालय सुरु गर्दा भोग्नु परेका चुनौती, समस्या र बर्तमानमा सरकारले निजी विद्यालयहरुप्रति गरेको बेवास्ताका बारेमा जानकारी दिनुभएको थियो । उहाँहरुले निजी विद्यालयले समाज र राष्ट्रमा पुर्याएको योगदानको कदर गरेकोमा लेडी जेसीजलाई धन्यवादसहित आभार व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बजगाईं, विशेष अतिथि उप्रेती, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, जेसीजकी संस्थापक सल्लाहकार लक्ष्मी राई, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जेसीजकी अध्यक्ष पवित्रा प्रसाईं विमलीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको चर्चा सचिव सुष्मा राजवंशी, स्वागत सकुन्तला खतिवडा र सञ्चालन रेजिना श्रेष्ठले गर्नुभएको थियो । 

जेसीजले स्थापना कालदेखि नै विभिन्न रचनामूलक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा आजीवन सदस्य सीता गुरुङ, पूर्व अध्यक्षहरु शोभा श्रेष्ठ, उषा श्रेष्ठलगायतका उपस्थिति रहेको थियो ।