२१ वैशाख २०८१, शुक्रवार

अग्रज पत्रकार नकुल काजीसहित छ सम्मानित

२३ फागुन २०८०, बुधवार
Image

भद्रपुर २३ फागुन । भद्रपुर नगरपालिकाले १३ औ नगर अधिवेशनको सन्दर्भमा नगरपालिका भित्रका छ जना पत्रकार सहित विभिन्न खेलाडीलाई सम्मान गरेको छ ।

पालिकाको सभाहलमा बुधबार सम्पन्न अधिवेसनमा दीर्घ सेवा सम्मान पत्रकारिता पुरस्कार २०७९ को अग्रज पत्रकार नकुल काजी र  २०८० को गोविन्द चन्द  क्षेत्रीलाई नगद तीसहजार  रुपैयाँसहित दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको थियो   ।

कार्यक्रममा विकास पत्रकारिता पुरस्कार २०७९ बाट दिपक अधिकारी र २०८० को लेखनाथ प्रदेशीलाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

परदेशी वरुण साप्ताहिकका सहायक सम्पादक हुन् भने अधिकारी नौलो आवाज साप्ताहिकका प्रकाशक हुन् ।

त्यसैगरि प्रोत्साहन पत्रकारिता पुरस्कार २०७९ को तर्फबाट पत्रकार रेवतिराज घिमिरे र २०८० को तर्फबाट ईशा प्रधानलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र कदर पत्रले सम्मान गरिएको छ । घिमिरे लोकतन्त्र दैनिक  लगायतका विभिन्न मिडियामा कार्यरत छन् भने प्रधान बरुण साप्ताहिक की सम्पादक हुन् ।

नगरको सम्पन्न अधिवेशनमा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुमा क्रमशः मेनुका पौडेल, भक्तराज लवट ,अंकित सुवेदी र सोनुदेवि दासलाई समेत नगद २१ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सम्मान गर्नु भएको थियो ।