२२ वैशाख २०८१, शनिवार

होराइजनका विद्यार्थीले लगाउँदैछन् पुरानो हाटबजार

२४ फागुन २०८०, बिहिवार
Image

मेचीनगर, २४ फागुन । इस्ट होइराइजन अंग्रेजी माध्यमिक विद्यालयले तीन दशक अघिको ग्रामीण हाटबजारको झल्को दिने गरी यही फागुन २६ र २७ गते ‘बसन्त उत्सव’को आयोजना गर्ने भएको छ ।

उत्सव विद्यालयकै परिसरमा आयोजना हुने र त्यसमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिने विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिनुभयो ।

‘विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने जमर्को गरेका छौं,’ उहाँले भन्नुभयो–‘यसको आयोजना विद्यार्थीहरु आफैले गरेका हुन्, यसमा विद्यालयले सपोेर्ट गरेको हो ।’

तीन दशक अघिको पुस्ताले देखेको हाट बजार, मेला र संस्कृतिसँग नयाँ पुस्तालाई प्रत्यक्ष रुपमा अवगत गराउन परम्परागत हाटबजारको अवधारणा ल्याइएको कार्यक्रमको अवधारणा ल्याउने कला शिक्षक छितेन लामाले बताउनुभयो ।

विद्यालयका शिक्षक महेश खड्काका अनुसार विद्यार्थीभित्रको अतिरिक्त प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उत्सवमा सिलाई बुनाई, लाइभ पेन्टिङ, कुलिनरी आर्टस, फोटोग्राफी, लाइभ म्यूजिक एन्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लव, प्लम्बिङ, दुना टपरा, व्यूटिसियन, कराँतेलगायत २२ वटा महत्वपूर्ण विधाका कला प्रदर्शनी गरिने भएको छ । 

बसन्त उत्सवमा सामानको विक्रीबाट भएको आम्दानी विद्यालयको हुने छैन । विद्यालयकी प्रशासन प्रमुख सावित्रा सापकोटाका अनुसार घोकन्ते शिक्षाले विद्यार्थीमा सिर्जनात्मक ज्ञान र शिप नबढ्ने भएकाले विद्यालयले प्रयोगात्मक र व्यावहारिक शिक्षामा जोड दिदै आएको बताउनुभयो ।

कार्यक्रममा मन्टेश्वरी शिक्षक विकास ग्वालले नर्सरीदेखि कक्षा २ सम्म बुकलेस पठनपाठन सुरु गरिएको बताउनुभयो ।