२२ वैशाख २०८१, शनिवार

पूर्वप्रहरीको प्रश्न–‘कल्याण कोषको १३ अर्ब रुपैयाँ कता गयो ?’

२४ फागुन २०८०, बिहिवार
Image

भद्रपुर, २४ फागुन । पूर्वप्रहरीहरुले प्रहरी कल्याणकारी कोषको अर्बौ रकम दुरुपयोग भइरहेको दावी गर्दै छानविनको माग गरेका छन् ।

नेपाल पूर्व प्रहरी संगठन झापाले आज जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा ज्ञापन पत्र बुझाउँदै बिगत ३० वर्षमा प्रहरीको कल्याणकारी कोषमा रु. १७ अर्ब जम्मा हुनपर्नेमा हाल कोषमा रु. ४ अर्ब मात्र रहेको ज्ञापन पत्रमा दावी गरिएको छ ।

कोषको रु. १३ अर्ब रकम हिनामिना भएको पूर्वप्रहरीको दावी छ । 

संगठनका केन्द्रीय सदस्य मदन गोपाल सुब्बा र झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा जिल्लाभरिका पूर्व प्रहरी संगठनका सदस्यहरुको टोली ज्ञापन पत्र बुझाउन प्रहरी कार्यालय गएको थियो ।

वि.सं. २०४९ देखि २०६९ भदौसम्मको कल्याण कोषको हिसाब किताब छानविन हुनुपर्ने पूर्वप्रहरीहरुको माग रहेको छ ।

कल्याणकारी कोषको रकम ४० प्रतिशत वहालवाला प्रहरीका लागि, ४० प्रतिशत रकम पूर्वप्रहरीका लागि र २० प्रतिशत रकम आयमूलक कार्यमा खर्च गर्नु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

लेखकको बारेमा
Image
रेवतिराज घिमिरे

बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील रेवतिराज घिमिरे भद्रपुर निवासी हुनुहुन्छ ।