२२ वैशाख २०८१, शनिवार

मेचीनगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले सम्हाले कार्यभार

२४ फागुन २०८०, बिहिवार
Image

मेचीनगर, २४ फागुन । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले आज कार्यभार सम्हाल्नु भएको छ।

उर्लावारी, इनरुवा, इलाम, गोकर्णेश्वर लगायत विभिन्न नगरमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सफल र उदाहरणीय कार्यकाल पूरा गर्नु भएको उहाँ अत्यन्त मिलनसार र समन्वयकारी स्वभावको हुनुहुन्छ।

मेचीनगरमा जनप्रतिनिधिसँगको असमझदारीका कारण यसअघिका चारजना प्रमुख प्रशासकीय अधिकृत कार्यकाल पूरा नहुँदै विदा हुने गरेका थिए।

मेचीनगरको परिस्थितिलाई ध्यानमा राखेरै सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको हुँदा अब कामकाज सहज हुने अनुमान गरिएको छ।