२२ वैशाख २०८१, शनिवार

नारी दिवस

लेडी लायन्सद्वारा कारागारमा लत्ताकपडा वितरण

२५ फागुन २०८०, शुक्रवार
Image

मेचीनगर, २५ फागुन । लायन्स क्लव अफ बिर्तामोड लेडीले झापा कारागारका कैदीबन्दी महिलालाई लत्ताकपडा वितरण गरेको छ ।

आज नारी दिवसको अवसरमा एक सय थान कपडा वितरण गरिएको हो । कुर्ता, सुरुवाल र सारी वितरण गरिएको लायन्स क्लव अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओलीले बताउनुभयो ।

वितरण कार्यक्रममा विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा, भद्रपुर वडा नंं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

नगरप्रमुख महतराले महिला कैदीबन्दीको शिप क्षमता र सकारात्मक सोचको विकासमा जोड दिदै नारी दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संगीता चिमरियाले सञ्चालन गरेको उक्त कार्यक्रममा आन्तरिक सुरक्षा प्रशासन प्रमुख रीता राईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

झापा कारागारमा ९१ जना महिला कैदी बन्दी रहेका छन् । कार्यक्रममा सबै महिला बन्दीको उपस्थिति रहेको थियो ।

-बिजय बराल