१५ वैशाख २०८१, शनिवार

चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

२८ फागुन २०८०, सोमवार
Image

विर्तामोड, २८ फागुन । चर्च ब्वाइज युनाइटेडले झापा गोल्डकपको उपाधि जितेको छ । आज अपराह्न भएको फाइनल खेलमा एपीएफ एफसीलाई चर्च ब्वाइजले ३-० गोलको अन्तरले पराजित गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा एक समारोहबीच बिजेता टिम चर्च ब्वाइजलाई रु. १३ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

उपबिजेता बनेको एपीएफले रु. सात लाख नगद पुरस्कार पाएको छ ।