२७ वैशाख २०८१, बिहिवार

इलाममा उम्मेद्वारहरुले गरिसके मतदान

१५ वैशाख २०८१, शनिवार
Image

इलाम, १५ वैशाख । इलाम९ २ मा मतदान चलिरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरेका छन् । 

नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका ९३ स्थित सिंहदेबी म. बि. शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

आयोगका अनुसार इलाम९२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।