२९ वैशाख २०८१, शनिवार

थेगिमको जन्मथलोबाट सुरु भयो इलामको मतगणना

१६ वैशाख २०८१, आइतवार
Image

इलाम, १६ वैशाख । इलाम(२ को उपनिर्वाचनको मतगणाना सुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल)मा मतगणना सुरु गरिएको हो ।

फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो ।

फाकफोकथुम गाउँपालिका मुडा चुनाव  चिह्न लिनु भएको स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको जन्मथलो हो ।

मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।

इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।