३१ वैशाख २०८१, सोमवार

हात्तीको आक्रमणमा काँकरभिट्टाका सुबेदी घाइते

१६ वैशाख २०८१, आइतवार
Image

मेचीनगर, १६ बैशाख । धाइजनस्थित छोरीको घरमा गएका मेचीनगर–६ भानुटोलका ६५ वर्षीय हर्कबहादुर सुबेदी हात्तीको आक्रमणमा गम्भीर घाइते हुनुभएको छ ।

शनिवार साँझ साढे ७ बजे पूर्वपश्चिम राजमार्गको हडिया पुल छेउ उक्त घटना भएको हो । दुध बोकेर छोरीको घर जाँदै गर्दा बाटैमा उहाँसँग हात्तीको जम्काभेट भएको थियो ।

अनुहारमा गम्भीर चोट लागेका घाइते सुबेदीको हाल बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले घाइतेको अवस्था निकै गम्भीर रहेको र बायाँ आँखाको ज्योति गुम्ने जोखिम रहेको बताउनुभयो ।