५ असोज २०८१, शनिवार

'विश्वासको मत लिने कि नलिने अधिकार मुख्यमन्त्री कार्कीलाई नै'

२३ वैशाख २०८१, आइतवार
Image

विराटनगर, २३ वैशाख । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री केदार कार्कीलाई दिएको छ ।

एमाले र माओवादीले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । 

त्यसअघि आइतबार बिहान पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको स्पष्ट पार्नु भयो । 

‘मुख्यमन्त्री ज्यूले आफूले स्वविवेकमा राजनीतिक निर्णय लिनुहुन्छ कि संवैधानिक निर्णय गर्नुहुन्छ उहाँलाई हामीले छोडेका छौं,’ प्रमुख सचेतक तामाङले भन्नुभयो ।

 ‘उहाँले संवैधानिक बाटो रोज्नुहुन्छ भने पनि हामीले सपोर्ट गरेर जानुपर्छ दलको नाताले र उहाँले २५ गतेभित्र कुनै राजनीतिक बाटो अवलम्बन गर्नुहुन्छ भने पनि हामीले सपोर्ट गर्नुपर्ने हुन्छ ’ उनले भन्नुभयो ।

प्रमुख सचेतक तामाङले कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगाउन उच्चतम प्रयास जारी राख्ने बताए ।