मेचीनगर, १७ कात्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वत्र्तमान सरकारप्रति कटाक्ष गर्दै आफ्नो पार्टीले सरकार बनाएका दिन मात्र गरीव दुःखीको दिन आउने बताउनु भएको छ ।
काँकरभिट्टामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राईले वर्गीय हितको विषय फरक परेकै कारण बालेन साहसँग आफ्नो मतभेद रहेको दावी गर्नुभयो ।
“गरीव दुःखीको जीवन उकास्नु नै राजनीति हो भन्ने बुझेको मान्छे हुँ, हामी सत्तामा पुगेका दिन गरीव दुःखीको दिन आउनेछ” उहाँले भन्नुभयो– “गरीव दुःखीको बस्ती उजाड्नुलाई सरकारले आफ्नो बहादुरी सम्झनु हुँदैन । त्यही कुरादेखि प्रधानमन्त्री बालेन साहसँग मेरो मनमुटाव भएको हो ।”
वर्त्तमान सरकारले सुकुम्बासीहरुलाई बसिरहेको स्थानबाट लखेटेको आरोप लगाउँदै उहाँले श्रम संस्कृति पार्टीको सरकार बनेका दिन सबै सुकुम्बासीहरुलाई घर र बसोबास दिलाउने जिकीर गर्नुभयो ।
उहाँले बालेन सरकारलाई बिचौलियासँग मिलेको आरोप समेत लगाउनु भयो ।
सोही कार्यक्रममा नेकपा एमाले परित्याग गर्दै युवा नेता बालकृष्ण थापा श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको छ । श्रमबाटै देश बन्छ भन्ने सोचेर श्रम संस्कृति पार्टी रोजेको उहाँले बताउनु भयो ।
“हामीले सबै पार्टी र नेताहरु हेरिसक्यौं, उहाँहरुबाट काम काट्छ जस्तो मलाई महसुुस भएन,” उहाँले भन्नुभयो– “चाहे त्यो कांग्रेस होस्, चाहे त्यो माओबादी होस्, चाहे त्यो एमाले होस् ।”