१२ साउन २०८१, शनिवार

लागूऔषधविरुद्ध युवा संघको घरदैलो कार्यक्रम

२ जेठ २०८१, बुधवार
Image

काँकरभिट्टा, २ जेठ । राष्ट्रिय युवा संघ नेपालको मेचीनगर–१० कमिटीले लागूऔषधविरुद्ध जनचेतनामूलक घरदैलो कार्यक्रम सुरु गरेको छ ।

संघको ३५ औं स्थापना दिवसको अवसर पारेर आज काँकरभिट्टाको स्वास्थ्य चौकी अगाडि एक कार्यक्रम गरेर अभियान सुरु गरिएको हो ।

संघका प्रदेश कमिटी सदस्य रबिन्सन थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा युवा नेताहरु सन्तोष आचार्य र सुमनध्वज थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा काँकरभिट्टा क्याम्पसका विद्यार्थी र स्थानीय युवाको बाक्लो उपस्थिति रहेको थियो । काँकरभिट्टाका टोल टोलमा पुगेर लागू औषधविरुद्ध जनचेतना फैलाउने र पर्चा छर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।