८ कार्तिक २०८१, बिहिवार

कोशी योजना आयोगको उपाध्यक्षमा झापाका राजेन्द्र अधिकारी नियुक्त

७ जेठ २०८१, सोमवार
Image

झापा,  ७ जेठ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी नियुक्त हुनुभएको छ । 

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले झापा विर्तामोड निवासी डा. अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।