१२ साउन २०८१, शनिवार

मिडिया उद्यमी सिरोहिया पक्राउ, सर्वत्र विरोध

८ जेठ २०८१, मङ्गलवार
Image

झापा, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले आज पक्राउ गरेको छ।

मंगलबार साँझ साढे ६ बजे काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै सिरोहियालाई प्रहरीले पक्राउ गरिएको हो।

सिरोहियामाथि नागरिकताबारे धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेपछि सिरोहियाले आफूलाई नागरिकता काण्डमा भन्दा पनि सहकारी ठगीबारे गृहमन्त्री रवि लामिछानेबारे समाचार लेखिएकोमा पक्राउ गरिएको बताए। साथै सिरोहियाले गृहमन्त्री लामिछानेमाथि दुइटा पासपोर्ट प्रयोगको मुद्दा रहेको पनि बताए।

सिरोहियाले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न सहयोग गर्ने पनि बताएका छन्। उनले मुलुकमा नवअधिनायकवाद देखिएको बताएका छन् । 

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संस्थाले विज्ञप्ति प्रकाशित गरी पक्राउको विरोध गरेका छन् ।