१२ साउन २०८१, शनिवार

माओवादीका भद्रपुर नगर अध्यक्ष राजभण्डारी एमालेमा प्रवेश

११ जेठ २०८१, शुक्रवार
Image

भद्रपुर, ११ जेठ । नेकपा माओवादी केन्द्रका भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी कार्यकर्ताको समूहसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उहाँ पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरको उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार हुनुहन्थ्यो ।

राजभण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले विहीवार दमकका अबिर लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

उहाँसंगै भद्रपुरका नरपति चापागाईं, चन्द्र तामाङलगायत २०० जना कार्यकर्ता एमालेमा प्रवेश गरेको पूर्व प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिनुभयो ।