१२ साउन २०८१, शनिवार

काँकरभिट्टा खानेपानी चुनाव : १२ सिटका लागि तीन प्यानलका ३४ जना उम्मेद्वार

१३ जेठ २०८१, आइतवार
Image

झापा, १३ जेठ  काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही जेठ २६ गते हुने निर्वाचनमा १२ सिटका लागि ३४ जना उम्मेद्वार मैदान उत्रिएका छन् ।

आठ हजार मतदाता भएको यस निर्वाचनलाई मेचीनगरको मिनी स्थानीय निर्वाचन नै मानिएको छ । यहाँ मेचीनगरको २, ३, ४, ५, ६, ७ र ८ गरी सात वटा वडाका मतदाता रहेका छन् ।

निर्वाचन समितिका संयोजक राजु कार्कीका अनुसार आज उम्मेद्वारहरुले मनोनयन दर्ता सम्पन्न भएको छ । जस अनुसार अध्यक्ष पदमा सुदर्शन खड्का, सन्तोष आचार्य र रोहित बुढाथोकीले नाम दर्ता गर्नु भएको छ ।

खड्काले रास्वपाको एकल प्यानलबाट, आचार्यले एमाले नेतृत्वको प्यानलबाट र बुढाथोकीले कांग्रेस नेतृत्वको प्यानलबाट उम्मेद्वारी दर्ता गर्नु भएको हो ।

यो निर्वाचनमा राजनीतिक दलहरुको तीन वटा प्यानल निर्माण गरेका छन् । नेकपा एमाले नेतृत्वको प्यानलमा जनता समाजबादी पार्टी छ भने नेपाली कांग्रेस नेतृत्वको प्यानलमा नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।

निर्वाचन समितिले आजै प्रकाशित गरेको उम्मद्वारको नामावली हेर्नुहोस्–