१२ साउन २०८१, शनिवार

पत्रकार लक्ष्मी लुइँटेल र सञ्जु शिवाकोटी पुरस्कृत

१३ जेठ २०८१, आइतवार
Image

विर्तामोड, १३ जेठ । अग्रज पत्रकार लक्ष्मी लुइँटेल र उदीयमान पत्रकार सञ्जु शिवाकोटी पुरस्कृत हुनु भएको छ । 

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर आज नेपाल प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा पुरस्कार वितरण गरिएको छ ।

युनियनको झापा शाखाद्वारा स्थापित टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुइटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटीलाई सम्मान गरिएको हो । 

दुबै पुरस्कारको नगद राशी रु. ११ हजार रहेको छ । उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठक र कृष्णकुमार–टिकादेवी संग्रौलाले दुई बर्षअघि स्थापना गरिदिनुभएको हो ।

प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष इन्दु पूर्वेलीले गर्नुभएको थियो भने सञ्चालन सचिव अर्जुन राजवंशीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे प्रमुख अतिथि हुनुहुन्थ्यो भने सचिव कृष्ण हुमागाई विशेष अतिथि हुनुहुन्थ्यो ।

सो अवसरमा युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, सञ्चारिका समूह झापाका अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमका अधिकांश बक्ताहरुले नेपाल पत्रकार महासंघको नेतृत्व चयन सहमतिका आधारमा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।