२३ भदौ २०८१, आइतवार

गणतन्त्र दिवसमा चेतनशीलको वक्तृत्वकला प्रतियोगिता

१४ जेठ २०८१, सोमवार
Image

मेचीनगर, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा  मेचीनगर १० खयरडाँगीस्थित चेतनशील सामुदायिक  सिकाई केन्द्रले  पर्यावरण र पानीको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता  सम्पन्न गरेको छ ।

महाकालेश्वर शिवालय  सामुदायिक भवन धुलाबारीमा भएको उक्त कायृक्रममा मेचीनगर १० भित्र रहेका ६ वटा बाल क्लबका बालबालिका सहभागी रहेका थिए ।

प्रतियोगितामा प्रथम स्थान  क्याम्पस बाल क्लबका सोयल अली, दोस्रो स्थान चेतनशील सामुदायिक सिकाई केन्द्रका प्राञ्जल खनाल र तेस्रो स्थान प्रगति बाल क्लवकी प्रजिसा पोखरेल हुनु भएको छ ।

बिजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र दिइएको थियो । उक्त कार्यक्रममा मेचीनगर पालिकाको सामाजिक विकास शाखा संयोजक हृदय राजवंशीको प्रमुख आथतिथ्यता रहेको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी, आयोजक संस्थाका पूर्व अध्यक्षहरु निरोज कट्टेल, चेतन बिष्ट, इन्द्र बास्कोटा, प्रकाश पोखरेल, सचिब कुल प्रसाद कट्टेल, मेचीनगर १० का वडा सदस्य विशाल कार्की, महाकालेश्वर अध्यक्ष  केदार गौतम, मणिराम खतिवडा , रमेश प्रसाद बराल ,मोहन प्रसाद खतिवडा , जीत बहादुर खड्का, लीला खवास, पवित्रा बराल, सरस्वती घिमिरे, चेतनशिलकी परिचालिका ममता खतिवडा लगायतको उपस्थिति थियो।

प्रतियोगिताका निर्णायक भूमिकामा काँकरभिट्टा माविका शिक्षक पूर्ण भेटवाल र शिशु साक्षर निमावि धुलाबारीका शिक्षिका शशी पराजुली थिए। 

चेतनशील सामुदायिक  सिकाई केन्द्रका अध्यक्ष उदय बराइलीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्याय धनमाया गौतमले र   सञ्चालन  भने धर्मेन्द्र खड्काले गरेका थिए।