२३ भदौ २०८१, आइतवार

निन्दा खोलामा डुबेर शिक्षकको मृत्यु

१६ जेठ २०८१, बुधवार
Image

मेचीनगर, १५ जेठ । नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० बर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर आज दिउँसो मृत्यु भएकोे छ । 

मेचीनगर वडा नं. ३ स्थित बडाखाल निवासी शिक्षक भण्डारी ८ र १२ वर्षका दुई छोरासहित खोलामा पौडी खेल्न जानु भएको थियो । जेठो छोरो खोलामा पौडी खेल्ने क्रममा गहिरो पानीमा डुबेपछि उद्धार प्रयास गर्दा उहाँ आफु नै डुबेर बेहोश हुनुभएको थियो ।

उहाँलाई गाउँलेले उद्धार गरी उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटल पुर्याएका थिए । उपचारकै क्रममा उहाँको निधन भयो ।

निन्दा खोलामा ढुंगा र बालुवा उत्खनन गर्ने ठेकेदारले जेसीबी प्रयोग गरेर बनाएको खाल्डोमा पानी जमेर बनेको गहिरो दहमा उक्त दुर्घटना भएको थियो ।

मृतक भण्डारीले गहिरो पानीमा हाम्फालेर जेठो छोरालाई जसोतसो किनारमा धकेलेर ज्यान बचाउनु भएको थियो । तर उहाँ भने गहिरो पानीमा डुबेर बेहोश हुनुभएको थियो ।