२३ भदौ २०८१, आइतवार

नेकपा एमाले बिर्तामोडको अध्यक्षमा भट्टराई निर्वाचित

१६ जेठ २०८१, बुधवार
Image

मेचीनगर, १६ जेठ । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित हुनुभएको छ ।

उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जित्नुभएको हो। भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गरेका गर्नुभएको छ ।

यसैगरी,, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्दै पराजित हुनुभएको छ। उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित हुनुभयो । 

यस्तै, महिला उपचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित हुनुभयो भने उहाँकी प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

लेखा अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित हुनुभएको छ ।