२ कार्तिक २०८१, शुक्रवार

श्री एयरलाइन्स धावनमार्गबाटै फर्कियो

२० जेठ २०८१, आइतवार
Image

झापा, २० जेठ । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनस् पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्ग फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।

(अनलाइन खबर)