२ कार्तिक २०८१, शुक्रवार

रतुवा खोलाले जीप बगाउँदा दुईको मृत्यु

२१ जेठ २०८१, सोमवार
Image

दमक, २१ जेठ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये दुईजनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनुभयो ।

गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एकजना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन ।

‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ एसपी प्रभु ढकालले भने ।

जिपलाई चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ ।

बच्चा र महिलाको शव भेटिएको उनले उहाँले बताउनुभयो । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताउनुभयो ।