२३ भदौ २०८१, आइतवार

‘लोकललि–पवित्रादेवी अक्षयकोष’मा एक लाख पुग्यो

२१ जेठ २०८१, सोमवार
Image

झापा, २१ जेठ । इलामको श्री बरभज्याङ आधारभूत विद्यालयमा स्थापना गरिएको ‘लोकललि–पवित्रादेवी भण्डारी अक्षयकोष’को रकम बढाएर रु. एक लाख एक हजार पचपन्न पुर्याइएको छ ।

माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङका स्व. लोकबहादुर भण्डारी, स्व. ललिमाया भण्डारी र पवित्रादेवी भण्डारीको नाममा उहाँका छोराछोरीहरुले सात वर्ष अघि रु. ५० हजारको यो अक्षयकोष स्थापना गरेका थिए ।

आज विद्यालयमा आयोजित एक समारोहमा उहाँहरुका कान्छा छोरा जंगबहादुर भण्डारीले अक्षयकोषमा रु. ५१ हजार पचपन्न थप्नु भएको शिक्षक सीता भण्डारीले बताउनुभयो ।

यो अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट सोही विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न तीन जना विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिदै आएको छ ।