१२ साउन २०८१, शनिवार

भारतबाट ल्याएको विषाक्त नुन खाएका दुईवटा गाई ठहरै मरे

२४ जेठ २०८१, बिहिवार
Image

झापा, २५ जेठ । सीमावर्ती भारतीय बजारबाट किनेर ल्याएको नुन खुवाउँदा शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोकमा ब्याउन लागेका दुई वटा गाई मरेका छन् । 

गाईधनी शोभा ताजपुरियाले आज दिउँसो पानीमा नुन मिसाएर खुवाएको लगत्तै थर्थर काप्दै दुबै गाई मरेको बताउनुभयो । गाई मरेपछि ताजपुरिया परिवारमा रुवाबासी मच्चिएको छ ।

उक्त खबर पाउने वित्तिकै नगरपालिकाकी उपप्रमुख नरमाया कार्की पशु प्राविधिकसहित ताजपुरियाको घरमा पुग्नु भएको थियो । 

गाईधनी ताजपुरियाले विहारको डिगलबैंकबाट नभाकर नामक आयोडिन नुन किनेर ल्याएको प्याकेट उपप्रमुख कार्कीलाई देखाउनु भएको थियो ।

‘दुई बोरा प्याकेट नुन ल्याउनु भएको रहेछ,’ उपप्रमुख कार्कीले पीडितबाट प्राप्त जानकारी उद्धृत गर्दै भन्नुभयो–‘आज विहान मात्र एउटा बोरा खोलेर नुन खुवाएको लगत्तै दुबै गाई मरेका रहेछन् ।’

उपप्रमुख कार्कीले नुनकै कारण मरेका हुन् वा अरु कारण छ भनेर पशु प्राविधिकलाई पत्ता लगाउन भनेको बताउनुभयो । 

गाईलाई नुन खुवाउन प्रयोग गरिएको भाडोमा कथित नुन नबिलिएको पाइएको उहाँले बताउनुभयो ।