१२ साउन २०८१, शनिवार

काँकरभिट्टा खानेपानी चुनावमा मतदान जारी

२६ जेठ २०८१, शनिवार
Image

मेचीनगर, २६  जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भइरहेको छ ।

निर्वाचनमा तीनवटा प्यानलले दलगत समीकरण बनाएर प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रगतिशील समाजवादी प्यानलका तर्फबाट अध्यक्षमा सन्तोष आचार्य उम्मेद्वार हुनुहुन्छ भने प्रगतिशील लोकतान्त्रिक साझा प्यानलबाट रोहित बुढाथोकी अध्यक्षका उम्मेद्वार हुनुहुन्छ ।

स्वतन्त्र उम्मेद्वार समूहबाट अध्यक्ष पदमा सुदर्शन खड्का उम्मेद्वार हुनुहुन्छ । 

आज बिहान करिव ७।३० बजे सुरु भएको  मतदान जारी छ । अपरान्ह ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्मा ६६७४ जना सदस्य मतदाता रहेका छन् ।