१२ साउन २०८१, शनिवार

राजमार्गमा ठोक्किए दुई कार

२६ जेठ २०८१, शनिवार
Image

मेचीनगर, २६ जेठ । मेचीनगरको वडा नं. ७ इटाभट्टास्थित पेट्रोल पम्प नजिकै पूर्वपश्चिम राजमार्गमा आज विहान कार दुर्घटना भएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार विहान ११ बजेतिर दुई वटा कार आपसमा भयानका आवाजका साथ ठोक्किएका थिए ।

कारमा सवार केही व्यक्ति घाइते भएको बताइएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको डीएल ९ सीबीबी ९४०७ नम्बरको इन्डियन कालो रंगको कार र विपरीत दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ च ७५०१ नम्बरको सेतो रंगको कार राजमार्गमै ठोक्किएका थिए ।

दुर्घटनामा परेको यन्डियन गाडीको अगाडिको दाया चक्का र त्यसमाथिको भाग पुरै क्षतिग्रस्त भएको छ । उक्त गाडी राजमार्गमै रहेको छ ।

त्यसैगरी अर्को सेतो कार ठक्कर खाएपछि राजमार्गबाट फन्फनी घुमेर राजमार्गको उत्तरी किनारातिर खसेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ भने राजमार्गको बीच भागमा रहेको इन्डियन कारलाई प्रहरीले डोजरले ठेलेर सडकको जाम खुलाएको छ ।