१२ साउन २०८१, शनिवार

सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेल सम्मानित

२७ जेठ २०८१, आइतवार
Image

झापा, २५ जेठ । नागरिक उड्डयन तथा मेडिकल व्यवसायी दिपक पोखरेललाई नेकपा एमालेले आज राजधानीमा सम्मान गरेको छ ।

सौर्य एयरलायन्समार्फत मुलुकको पर्यटन व्यवसायमा योगदान पुर्याएवापत पोखरेललाई आज एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले सम्मान गरेको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा पार्टीको पर्यटन तथा नागरिक उड्डयन विभागका प्रमुख भीम आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भद्रपुर निवासी पोखरेल सौर्य एयरलायन्सका अध्यक्ष हुनुहुन्छ । उहाँ ओमसाई पाथिभरा हस्पिटलको समेत अध्यक्ष हुनुहुन्छ ।